वृहत वृक्षारोपण अभियान, २०७८
जलवायुउत्थानशिल कार्यक्रम
“रुख छैन त, भविश्य छैन” भन्ने नाराका साथ सञ्चालन गरिनेएक महिने वृक्षारोपण अभियानमा सहभागी हुनको लागी सम्पुर्णसमुदायमा आधारित सघसंस्थाहरुलाई आहवान गरिन्छ ।
वृक्षारोपण गरौ, कोभिड १९ को संक्रमणबाट मृत्यु भएका व्यक्तीहरु प्रतिअपर्णश्रद्धाञ्जलीगरौ कोभिड। १९ को संक्रमणबाट अक्सिजन अभावमा हालसम्म मृत्यु भएकाआठ हजार भन्दा वढि व्यक्ती प्रतिहार्दिक श्रद्धाञ्जली र उपचारमा रहनु भएका सम्पुर्ण विरामीहरुको शिघ्र स्वाश्थ्य लाभको कामना गर्दछौं । कोभिड १९ महामारीले निम्त्याएको अक्सिजन संकटले हामी सवैलाई अक्सिजनको महत्व प्रश्ट पारिदिएको छ ।
वृक्षारोपण गर्नु भनेको हरित अक्सिजन सिलिन्डर तयार गर्नु हो । रुख भनेको पृथ्वीको फोक्सो हो । कार्वनडाईअक्साईड लिन्छ र मानिसलाई प्राणवायु अक्सिजन दिन्छ । साथै वृक्षारोपणले्जोखिम विपदघटाउने, जलवायु परिवर्तनका असरहरुलाई न्यनीकरण र अनुकुलन गर्नमा सहयोग,आयआजगर्नेनमा सघाउ पुर्याउने साथै खाद्यान्न, पानीको उपलब्धता गराउँदछ ।
- यस वृक्षारोपण आभियानमा रौतहट र सप्तरी जिल्लाका चन्द्रपुर, वृन्दावन, कन्चनरुप नगरपालिका र तिरहुत गाउपालिकाका समुदायमा आधारित संघसस्थाहरु जस्तै सामुदायिक वन, कृषि समुह, शहकारी,विद्यालय, आमा समुह, युवा समुह तथा सञ्जाल, विपद्व्यवस्थापन समुह, तथा अन्य समुहहरुले सहभागी हुन पाउनेछन्।
- बाझो जग्गा, सामुदायिक तथा अन्य वन क्षेत्र, विद्यालयकोता, हासार्वजनिक जग्गा, सडकको दाँया वाँया, वाढी ग्रस्त क्षेत्र तथा अन्य उपयुक्त स्थानमा वृक्षारोपण गर्न सकिनेछ ।
- वृक्षारोपण गर्दा प्राविधिक शर्तहरु पालना गरी उपयुक्त प्रमाणहरु (फोटो तथा भडियो) पेश गनुपर्नेछ ।
- वृक्षारोपणको तयारी भईसकेको(खाडल खन्ने, घेरावार वा अन्य) समुह तथा व्यक्तीलाई प्राथामिकता दिईनेछ ।
- वृक्षारोपण गरिएका विरुवाहरुकोसंवद्र्घन गर्ने योजना स्पष्ट उल्लेख गनुपर्नेछ ।
- एउटा समुहलेकम्तिमा २०० वा सो भन्दा माथी विरुवा रोपनगरेकाभएमा मात्र यस अभियानमा (प्रतिस्पर्धामा) सहभागीता हुन पाउनेछन्।
- थप जानकारीको लागी रौतहटमा ९८४१६२७२७६ नम्वर र सप्तरीमा ९८४९१२३२५६ नम्वरमा सम्पर्क गर्न सकिनेछ ।
- सहभागीहरुले आफुले गरेको वृक्षरोपणकासम्पुर्ण जानकारी माथीउल्लेख गरिएको वरमानम् सम्पर्कगरी पठाउन सकिनेछ ।
- यस वृक्षारोपणअभियानमा सहभागी हुनकाृ लागी निम्न लिखित शर्तहरु पालना गर्नुपर्नेछ ।
नोटः चारवटा पालिकाहरु मध्येवाटउत्कृष्ट ४ समुह वा नमुना प्लटहरुलाई रु.५०,००० देखि रु.१५०,००० सम्मका क्रियाकलाप कार्यान्वयन गर्न सहयोग गरिनेछ । अन्तिम निर्णय सहजिकरण गर्ने संस्थामा निहित रहनेछ ।
“नयाँ सोच र सिर्जना , प्राकृतिक प्रणालीको पुनस्र्थापना”