SAFE Girls Project Update: Joint Monitoring Visit at Rautahat:
मिति २०८१ मंसिर ११ गते (२७ नोभेम्बर) मा रौतहट जिल्लामा SAFE Girls परियोजनाअन्तर्गत संयुक्त अनुगमन भ्रमण सफलतापूर्वक सम्पन्न भयो। उक्त अनुगमन भ्रमणमा जिल्ला समन्वय समिति, जिल्ला प्रशासन कार्यालय, जिल्ला स्वास्थ्य कार्यालय, यमुनामाई, राजपुर र गौर नगरपालिकाका प्रतिनिधिहरू, नेपाल प्रहरी, गुड नेबर्स इन्टरनेशनल नेपाल (GNI Nepal) तथा RDC नेपालका प्रतिनिधिहरूको सहभागिता रहेको थियो।
संयुक्त अनुगमन टोलीले AFIC– श्री जनता माध्यमिक विद्यालय, सरुआथा, Rupantaran सत्र– श्री माध्यमिक विद्यालय, बैरिया, तथा AFHS– सरुआथा स्वास्थ्य चौकीमा सञ्चालन भइरहेका मुख्य हस्तक्षेपहरू—किशोर तथा किशोरी यौन तथा प्रजनन स्वास्थ्य (ASRH/SRH) सेवा, लैङ्गिक हिंसा (GBV) रोकथाम तथा प्रतिक्रिया सेवाहरू, र SAFE Girls Rupantaran सत्रका गतिविधिहरूको अवलोकन तथा मूल्याङ्कन गरेको थियो।

अनुगमन टोलीले AFIC र AFHS मार्फत प्रदान गरिँदै आएको किशोरमैत्री, गोप्य र प्रभावकारी ASRH/SRH सेवाको कार्यान्वयनप्रति प्रशंसा व्यक्त गर्दै किशोर–किशोरीहरूले आत्मविश्वासका साथ सेवा उपयोग गरिरहेको कुरा उल्लेख गर्यो। साथै, GBV रोकथाम तथा प्रतिक्रिया संयन्त्रहरू प्रभावकारी रूपमा कार्यान्वयनमा रहेको उल्लेख गर्दै सरोकारवालाबीच निरन्तर समन्वय आवश्यक रहेको सुझाव पनि प्रदान गरियो।

SAFE Girls Rupantaran सत्रहरूमा बालिकाहरूको सक्रिय सहभागिता, उनीहरूमा देखिएको आत्मविश्वास वृद्धि र सचेतनाको स्तर अनुगमन टोलीले सकारात्मक रूपमा अवलोकन गर्यो।
यस संयुक्त प्रयासले किशोरीहरूका लागि सुरक्षित, सहयोगी र सशक्त वातावरण सुनिश्चित गर्ने हाम्रो निरन्तर प्रतिबद्धतालाई अझ मजबुत बनाएको छ।